४७ औ विश्व वातावरण दिवसको पुर्व सन्ध्यामा हेटौँडा ७ मा टोल सरसफाई

४७ औ विश्व वातावरण दिवसको पुर्व सन्ध्यामा आज हेटौँडा ७ मा रहेको विभिन्न टोल विकास संस्थाहरुले टोलको सरसफाइ गरेका छन ।
स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने मुल नाराका साथ हेटौँडा ७ न्युरेनी चिसापनिमा रहेको संगालो टोल विकास संस्थाले टोल विकास माताहतको टोलहरुमा सरसफाइ गरेको छ ।
टोलबासी, वाल क्लब तथा आमा समुहका सदस्यहरुले पशुपति टोल, संगालो टोल, नयाँ बस्ती लगायतको स्थानमा सरसफाई गरिएको संगालो टोल विकास संस्थाका अध्यक्ष बेद प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
टोल विकास संस्था नगर समन्वय समितिको निर्णय अनुसार आफ्नो घर, आगन र बस्तीको सरसफाइमा गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।
यसैगरी हेटौँडा ७ नागस्वतीमा रहेको वनदेवी टोल विकास संस्था, नवज्वति टोल विकास संस्था, शान्ति टोल विकास संस्था र आदर्श टोल जागरण टोल विकास संस्थाले संयुक्त रुपमा टोलको सरसफाई गरका छन ।
टोलबासी, वाल क्लब तथा आमा समुहका सदस्यहरुले टोलको विभिन्न स्थानमा सरसफाई गरिएको बनदेवि टोल विकास संस्थाका अध्यक्ष रिना थापाले बताउनुभयो ।







