कार्ययोजना बनाएर काम सुरु गरिसकेः समावेसी आयोगका सदस्य बिष्णु ओझा

छहारी संवाददाता
जेष्ठ १८, २०७६

राष्ट्रिय समावेसी आयोगका सदस्य बिष्णु ओझाले कार्ययोजना बनाएर काम गर्न सुरु गरिसकेको भन्दै सबै क्षेत्रलाई समेटेर अघि बढ्ने विश्वास व्यक्त थर्नु भएको छ ।    

आज न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ओझाले ६ बर्षको अबधिमा अत्याधिक राम्रा काम गरेर देखाउने दाबी समेत गर्नुभयो ।

आफु आयोगको सदस्य बनेपछि आर्थीक बर्ष २०७६/७७ का लागि १८ ओटा कार्य योजना तायर पारेको भन्दै उहाँले त्यही योजना अनुसार नै आफु अघि बढने बताउनुभयो ।

सबै क्षेत्र वर्गलाई समेटनु पर्ने भएकोले अहिले आयोग चेपाङ, दलित, जनजाती, सिमान्तकृत, बृद्धबृद्धा, मजदुर, कृषक, महिला  लगायतकाको क्षेत्रमा काम गर्ने योजानका साथ अघि बढेको बताउनुभयो । लोपन्मुख जातीलाई महत्व दिएर काम गर्न आफु र आयोग तत्पर रहेको बताउनुभयो ।

उहाँले एक फरक प्रसंगमा अहिलेको अवस्थामा पनि नबनेको देश कहिले पनि नबन्ने भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले नगरेको काम अबको समयमा कसैले पनि गर्न नसक्ने दाबी समेत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*