ध्रुब घिमिरे घरजग्गा व्यवसायी संघ मकवानपुरको अध्यक्ष चयन

छहारी संवाददाता
जेष्ठ १८, २०७६

घरजग्गा व्यवसायी संघ मकवानपुरको  २५ सदस्यीय  तदर्थ समिति गठन भएको छ । जसको अध्यक्षमा ध्रुब घिमिरे चयन हुनु भएको छ ।

आज हेटौंडामा भएको घरजग्गा व्यवसायी संघ मकवानपुरको पहिलो भेलाले संघको वरिष्ठ उपाध्यक्षमा कमलराज मैनाली, उपाध्यक्षमा युवाकर मैनाली र महिला उपाध्यक्षमा डोल्मा स्याङ्वोलाई चयन गरेको छ ।

त्यस्तै महासचिवमा राजकुुमार बानियाँ, सचिवमा शम्भु पुडासैनी तथा कोषाध्यक्षमा भीमप्रसाद तिमल्सिना चयन हुनु भएको छ ।

यसैगरी सदस्यहरुमा होमनाथ गौतम, धर्मराज पुडासैनी, कालु घलान, कृष्ण नकर्मी, प्रकाश बानियाँ, शंकर राउत, दिपेन्द्र यादव, हरि गिरी, इन्दु ढुंगेल,  विजय गौतम, हरि मैनाली र कृष्ण चौलागाईं चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*