हेटौंडा अस्पतालमा डा. अधिकारीमाथि दुव्र्यवहार नगरेको मिश्र परिवारको दाबी
हेटौंडा अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टर बन्दना अधिकारीमाथि आफुले कुनै दुव्र्यवहार नगरेको कविता चौलागाईंका श्रीमान प्रदीप मिश्रले बताउनु भएको छ ।
हेटौंडाको न्यूज क्लबमा आज पत्रकार सम्मेलन गदै मिश्रले यस्तो बताउनु भएको हो ।
मिश्रले आफुहरुलाई डा. अधिकारीले बिरामीको अवस्थाबारे जानकारी नगराउँदा बच्चा गुमाउनु परेको आरोप लगाउनु भएको छ ।
गत मंगलबार कवितालाई अत्याधिक रक्तश्राव भएपछि हेटौंडा अस्पताल लगिएको र त्यहाँ भिडियो एक्स–रे नभएकोले डा अधिकारीले चुरेहिल लानु भनेपछि आफुहरुले चुरेहिल अस्पताल लग्दा त्यहाँ पनि नभएकोले फेरि हेटौंडा अस्पताल मै फर्किएकोले बिरामीलाई चुरेहिल अस्पताल किन नलगेको भन्दै कराएपछि बुबा परमानन्द मिश्रले सम्झाउन खोजेको परिवारको दाबी छ ।
घटनाबारे अस्पतालमा रहेको सिसिटिभिको फुटेज हेर्दा पूर्ण जानकारी प्राप्त हुने भन्दै मिश्रले अस्पताल प्रशासनले हातपात गरेको भनि आरोप लगाएर आफुहरुलाई थप पिडा दिएको गुनासो गर्नुभयो ।
मिश्र परिवारले घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र समेत बुझाएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
यसअघि बिशिबार अस्पताल प्रशासनले डा अधिकारी माथि हातपात गरेको भन्दै परमानन्द मिश्रलाई कार्वाहीको माग गदै पत्रकार सम्मेलन गरेको थियो ।







