लागुऔषध प्रयोगकर्तालाई कुलतबाट सहि बाटोमा लान सके मात्र मकवानपुरको जितः एसपी सिंह

छहारी संवाददाता
जेष्ठ १७, २०७६

जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंहले लागुऔषध प्रयोगकर्तालाई पक्राउ गर्नु मात्र ठुलो उपलब्धी नभएकाले कुलतबाट निकालेर सहि बाटोमा लान सके मात्र मकवानपुरको जित हुने बताउनुभएको छ ।

प्रदेश तीनको राजधानी हेटौडामा लागुऔषध पुर्नस्थापना संचालन गरिरहेका अभियानकर्तालाई मनोविमर्श तालिम कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले यो ७ दिने कार्यक्रमले थप टेवा पुगेको भन्दै यसरी नै सबैजना लाग्ने हो भने युवामा लागुऔषध दुव्र्यसन गलत हो भन्ने कुराको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश स्तरिय तालिम सिआन पुर्नस्थापना केन्द्र हेटौडा र लियो क्लव अफ हेटौडा भुटनदेविको संयुक्त आयोजनामा ७ दिने कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संयोजक अधिकारीले लागुऔषध प्रयोगकर्ता दिनानुदिन बृद्धि भईरहेको भन्दै लागुऔषध मुक्त बनाउन सुधार केन्द्रका युवाहरुलाई परिचालन गरेमा टेवा पुग्ने र यसमा आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।

साइक डेक्स फाउण्डेसन तथा द स्कुल अफ साइकोलोजिका कार्यक्रम संयोजक ज्योत्स्ना डाँगीले यस्ता कार्यक्रमले सहभागीहरुको मनोसमाजिक समस्या वारे अवधारणागत रुपमा स्पष्ट भई मनोसामाजिक समस्याका आधारभुत लक्ष्णहरुको पहिचान गर्न सक्ने क्षमता विकासमा टेवा पुग्ने बताउनुभयो ।

उहाँले मनोसमाजिक समस्या भएका व्यक्तिहरुलाई भावनात्मक सहयोग पाउने क्षमता अभिवृद्धि हुने पनि उल्लेख गर्नुभयो ।

यस्तै संयोजक दाहालले मानिस फुर्सत पाएपछि बिग्रने भन्दै लागुऔषध प्रयोगकर्तालाइ पक्राउ गर्नु भन्दा पनि सहि मार्गमा कसरि लाने यसबारेमा सोच्नु जरुरि रहेको बताउनुभयो ।

उहाँले सुधारको बाटो देखाउन सबैको भूमिका हुनु जरुरी भएकोले दलदलबाट निकाल्न उसलाई चेतना दिने ज्ञान दिने हो भने बचाउन सकिने जिकिर गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*