हेटौडा अस्पतालको आकस्मिक कक्षमा डा. माथि हातपात गर्नेलाई कार्वाहीको माग

छहारी संवाददाता
जेष्ठ १६, २०७६

हेटौडा अस्पताल प्रशासनले आकस्मिक कक्षमा डाक्टर बन्दना अधिकारी माथि हातपात गर्ने व्यक्तिलाई कार्वाहीको माग गरेको छ ।

निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रविन श्रेष्ठको संयोजकत्वमा आज पत्रकार सम्मेलन गर्दै प्रशासनले डाक्टर अधिकारी माथि हातपात गर्ने हेटौडा ८ कमानेका ४५ वर्षिय परमानन्द मिश्रलाई कार्वाहीको माग गरेको हो ।

गत १४ गते मंगलबार राती २ महिनाकी गर्भवती हेटौडा ७ कमानेकी २० वर्षिय कविता चौलागाईको उपचारका क्रममा उनका अभिभावक मिश्रले डाक्टर अधिकारी माथी हातपात गरेको प्रशासनले जानकारी दिएको छ ।

रत्तश्रावको समस्या भएको बिरामी लिएर आकस्मिक कक्षमा आएका उनले उपचारमा ढिलासुस्ती गरेको भन्दै हातपात गरेका थिए ।

हिजो यस विषयममा डाक्टर अधिकारीले अस्पताल प्रशासन र जिल्ला प्रहरी कार्यालयमा न्यायका लागि निवेदन दिएको प्रशासनले जानकारी दिएको छ । अस्पताल प्रशासनले दोषीलाई सार्वजनिक मुद्धा लगाइ कार्वाही गर्नु पर्ने माग राखेको छ ।

दोषीलाई कार्वाही नभएसम्म कालो पट्टी बाधेर काम गर्ने तर अन्य सेवा भने बन्द नगर्ने पनि प्रशासनले जनाएको छ । पत्रकार सम्मेलनमा डाक्टर हरी बहादुर खड्का हेटौडा अस्पताल व्यवस्थापन विकास समितिका अध्यक्ष प्रकाश पौडेल लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*