प्रदेश तीनको प्रतिव्यक्ति आय असार सम्ममा २ हजार ४९ पुग्ने

छहारी संवाददाता
जेष्ठ १५, २०७६

प्रदेश तीनको प्रतिव्यक्ति आय असार सम्ममा २ हजार ४९ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

केन्दिय तथ्याङक बिभागले मंगलबार हेटौंडामा प्रादेशिक राष्ट्रिय लेखा तथ्याङक बिषयक बार्षिक प्रारम्भिक तथ्याङक सार्वजनिक गर्दै यस्तो अनुमान गरेको हो ।

विभागका निर्देशक गणेश आचार्यले आर्थिक हिसाबले प्रदेश तीनमा अन्य भन्दा प्रगति देखिएको बताउनुभयो । उहाँले प्रदेश तीनका उपत्यका र प्रमुख शहरहरुमा भइरहेका अधिकृत तथा खुद्रा व्यापारमा माध्यमबाट बढी आम्दानी देखिएको र मात्र कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान १३ प्रतिशत मात्रै रहेको तथ्याङक प्रस्तुत गर्नूभयो ।

केन्दिय तथ्याङक विभागका अनुसार प्रदेश नम्बर ५ ले सबैभन्दा बढी आर्थिक वृद्धि ७ दशमलब ३७ प्रतिशत गर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश निति तथा योजना आयोगका सदस्य प्राध्यापक डाक्टर रामचन्द्र ढकाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायत विभिन्न सरकारी निकायका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*