निर्देशिकामा द्विविदा हुँदा समस्याः ट्युशन तथा कोचिङ सञ्चालक

मकवानपुरको ट्युशन तथा कोचिङ सञ्चालकहरुले कानुन र निर्देशिकाहरुमा द्विविदा हुँदा आफुहरुलाई समस्या परेको बताएका छन् ।
न्युज क्लब नेपालमा आज पत्रकार सम्मेलनको आयोजना गरि सम्पूर्ण ईन्स्टिच्युट तथा कन्सलटेन्सी संघर्ष समिति संयोजक किशोर अर्यालले सरकारले दर्ता कहाँ गर्ने भन्ने विषयले समस्या उत्पन्न भएको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै अर्यालले आफुहरुले ऐन, कानुनमा द्विविदा हुँदा समस्या सधै तनाव उत्पन्न भएको बताए । संघिय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले शिक्षा सम्वन्धी आआफ्नो कानुन निर्माण गरेको हुँदा आफुहरुले कुन निकायमा गएर दर्ता गर्ने भन्ने विषय नखुलेको उनको भनाई रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले टिउसन तथा कोचिङ सञ्चालनको कार्यविधि निर्माण गर्दै कुन तहमा आफुहरुले दर्ता गर्दा निर्धक्क भएर कार्य सञ्चालन गर्न पाउने भन्ने विषयको टुंगो लाग्नु पर्ने बताए ।
पछिल्लो केहि समयबाट मकवानपुरको सबै टिउसन तथा कोचिङहरुले तनावको वातावरण सृजना गर्नु परेको भन्दै आफुहरु कानुनी दायरामा आउन खोज्दा पनि सरकारले सहजिकरण नगर्दा समस्या परेको बताए ।
यसैबिच समितिले सातदिने आन्दोलनको कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ । कार्यक्रम अन्र्तगत भोली सर्वपक्षिय छलफल गर्ने, भोलीबाटै सबै टिउसन तथा कोचिङ कक्षा सञ्चालन नगर्ने, १५ गते सम्पूर्ण शैक्षिक सस्था बन्द गर्ने, १६ गते प्रदेश मन्त्रालयमा डेलिगेसन जाने र अन्तिम दिन १८ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ताला बुझाउने कार्यक्रम सार्वजनिक गरेको हो ।







