उपभोक्ता हित संरक्षण मञ्च नेपालको नगरस्तरीय समिति गठन

छहारी संवाददाता
जेष्ठ १३, २०७६

उपभोक्ता हित संरक्षण मञ्च हेटौंडा उपमहानगरपालिकाको प्रथम भेलाले नगरस्तरीय समिति गठन गरेको छ ।

भेलाले जुना मल्लको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा रामकुमार बिष्ट, सचिवमा सरोज बिडारी, सहसचिवमा लक्ष्मी अधिकारी, कोषाध्यक्षमा नमुना पाण्डे, सदस्यहरुमा नानीमैया सापकोटा, संझना रिजाल, नारायण कृष्ण श्रेष्ठ, दिवाकर मैनाली, अच्युत पौडेल र विश्वास आलेमगर रहेका छन् ।

उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष बासु खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजाल लगायत जिल्ला समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*