मकवानपुरमा १२ औं गणतन्त्र दिवस भव्यताका साथ मनाइने

छहारी संवाददाता
जेष्ठ १३, २०७६

यहि जेठ १५ गते मकवानपुरमा पनि १२ औं गणतन्त्र दिवस भव्यताका साथ मनाइने भएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरले गणतन्त्र दिवस भव्य बनाउन बृहत र्याली आयोजना गर्ने तयारी गरेको हो । आज समन्वय समितिको कार्यालयमा बसेको बैठकले राजनितिक दल, संघ संस्था, सहकारी, गैर सरकारी संघ, शिक्षक संघ, महिला सञ्जालको संयुक्त आयोजनामा र्याली गर्ने निर्णय गरेको हो ।

र्याली बिहान ७ बजे सिमा चोकबाट सुरु भइ मुख्य मन्त्री कार्यालय परिसरमा पुगेर कोण सभामा परिणत हुने जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।

दिवसकै अवसरमा जेठ १६ गते बिहान हेटौडामा रहेको मानव सेवा आश्रममा फलफुल बितरण गर्ने समेत निर्णय भएको खुलालले बताउनु भयो । प्रमुख खुलालले कार्यक्रममा सहभागी भएर सफल बनाउन सम्पुर्ण नगरबासिमा अपिल समेत भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*