मकवानपुरमा १२ औं गणतन्त्र दिवस भव्यताका साथ मनाइने
यहि जेठ १५ गते मकवानपुरमा पनि १२ औं गणतन्त्र दिवस भव्यताका साथ मनाइने भएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरले गणतन्त्र दिवस भव्य बनाउन बृहत र्याली आयोजना गर्ने तयारी गरेको हो । आज समन्वय समितिको कार्यालयमा बसेको बैठकले राजनितिक दल, संघ संस्था, सहकारी, गैर सरकारी संघ, शिक्षक संघ, महिला सञ्जालको संयुक्त आयोजनामा र्याली गर्ने निर्णय गरेको हो ।
र्याली बिहान ७ बजे सिमा चोकबाट सुरु भइ मुख्य मन्त्री कार्यालय परिसरमा पुगेर कोण सभामा परिणत हुने जिल्ला समन्वय समितिका सभमपति रघुनाथ खुलालले जानकारी दिनुभयो ।







