मतदान नागरिकको हक र अनिवार्य दायीत्व भन्ने जानकारी दिन विद्यार्थी बिच निर्वाचन

हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक ख ब्लक (अग्रेजी माध्यममा) विद्यालय क्याप्टेन तथा अन्तर कक्षा व्यवस्थापनका लागी आज भएको निर्वाचन प्रकृयाबाट विद्यालयको स्टुडेन्ट काउन्सिलको सभापतिमा कक्षा १० मा अध्यनरत अमर बहादुर शाहा निर्वाचीत भएका छन् ।
यस्तै उपसभापतिमा कक्षा ९ का श्रीपल लम्साल निर्वा्चित भएका छन ।
विद्यालयको स्टुडेन्ट काउन्सिलका सभापति र उपसाभापति तथा कक्षागत व्यवस्थापनका लागी मोनिटरको निर्वाचन भएको थियो ।
निर्वाचनको सम्पूर्ण प्रकृया अपनाईएको निर्वाचन संयोजक संगीता कुमारी पुडासैनीले बताउनुभयो । मतदान हरेक नागरिकको हक र अनिवार्य दायीत्व भन्ने जानकारी दिन तथा समाजिक शिक्षामा निर्वाचन प्रकृयाका बारेमा प्रयोगात्मक परीक्षाको कार्यपत्रका लागि निर्वाचन गरिएकाृ मतदान अधिकृत प्रकाश दुलालले बताउनभयो ।
निश्पाक्ष निर्वाचन प्रकृयाबाट अन्तर कक्षा व्यवस्थापन साथै स्टुडेन्ट काउन्सिलका सभापति र उपसाभापतिको चयनबाट विद्यार्थीहरुमा उत्साहा बढेको र निर्वाचन प्रकृयाका बारेमा सिक्ने अवसर समेत प्राप्त गरेको ख ब्लक९ अग्रेजी माध्यम तथा कार्यक्रम संयोजक गणेश प्रसाद हुमागाईले जानकारी दिनुभयो ।
निर्वाचन प्रकृयामा अंग्रेजी माध्यमका कक्षा ८ देखी १० सम्मका करिब १६० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।







