नेपालको कानुन अव्यवहारीकः जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले नेपालका ऐन नियम कानुनहरू पढ्दा राम्रो तर व्यवहारमा उतार्न गार्हो रहेको बताउनु भएको छ ।
हेटौंडामा आज भएको सार्वजनिक खरिद सम्बन्धि अन्तर्क्रिया कार्यक्रममा उहाँले व्यवहारमा कार्यान्वयन गर्न सहज हुने कानुन बनाउनुपर्ने बताउनुभयो ।
प्रमुख अतिथि खुलालले प्रशासन र जनप्रतिनिधि विचको खाडल कानुनि प्रकिया लागू गर्ने क्रममा हुने गरेको भन्दै जब अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छ तवमात्र कानुन संसोधन गर्ने परिपाटिलाई त्यागेर कानुन निर्माण अघि नै सो सम्बन्धि हरेक बिषयहरूलाइ ख्याल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले प्रसासनिक ईकाइ आर्थिक अनुशासन, पारदर्शिता, जवाफदेहिताबाट चुस्त दुरूस्त हुनुपर्ने बताउनुभयो । उहाँले स्रोत साधनको अधिकतम दुरूपयोग भइरहेको र यस्तो कार्य रोक्न अति जरूरि रहेकोभन्दै सार्वजनिक खरिद प्रक्रियामा दक्ष ज्ञान सीप युक्त प्राविधिक तथा कर्मचारिको अभाव रहेको समेत औंल्याउनु भयो ।
सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंको आयोजनामा भएको कार्यक्रममा कार्यालयका सहसचिव सुनिल कुमार कर्णको सभापतित्व तथा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तामाङ, जिल्ला कोष नियन्त्रक नारायणदत्त शर्मा, सार्बजनिक खरिद अनुगमन कार्यालयका निर्देशक केशब प्रसाद प्रसाईं लगायत करिव ३५ जना लेखापालहरूको उपस्थिति रहेको थियो ।







