खैरोहिरोईन सहित हेटौडा १० बाट ३ जना पक्राउ

मकवानपुर प्रहरीले हेटौंडा १० बाट सबै भन्दा महगो लागूऔषध खैरोहिरोइन सहित तीन जनालाई पक्राउ गरेको छ ।
७ ग्राम ९० मिलीग्राम खैरोहिरोईन सहित हेटौडा १० बस्ने १९ वर्षका हेनिश शाही, २६ बर्षिय महमद सहिद मियाँ र १९ बर्षिय निरोज वाईवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले जानकारी दिनुभयो ।
जिप्रका मकवानपुरबाट खटिएको टोलिले हेनिश शाहिको घरको कोठामा लागु औषध खैरो हेरोईनको कारोवार भईरहेको छ भन्ने सुचनाको आधारमा खानतलासी गरेको थियो ।
शाहीको साथबाट ४ ग्राम, मियाँको साथबाट १ ग्राम ६० मिलीग्राम र वाईवाको साथबाट २ ग्राम ३० मिलीग्राम खैरो हेरोईन फेला पारिएको हो । उनीहरुको विषयमा आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।







