किसानदेखि उपभोक्ताको भान्छामा आइपुग्दा तरकारि तथा फलफुलको मुल्य दोव्वर

छहारी संवाददाता
जेष्ठ ३, २०७६

आज हेटौडा बजारको खुद्रा, होलसेल बजार मूल्य तथा उपभोग्य मुल्यदर अनुगमन गर्ने क्रममा किसानको बारिबाट तरकारि तथा फलफुलको मुल्यमा उपभोक्ताको भान्छा सम्म पुग्दा लगभग दोव्वर फरक पाइएको छ ।

हेटौडा उपमनपा कार्यालयका अधिकृत भिम तिमल्सिना, उपभोक्ता हित संरक्षण मन्च मकवानपुर अध्यक्ष बासु खतिवडा, नेपाल प्रहरीका मोहन क्षेत्रि, २ नं वडा सदस्य महेश्वर मान श्रेष्ठ सहितको टोलिले गरेको अनुगमनबाट बजारका फरक फरक पसलमा फरक फरक मूल्य पाईएको हो ।

किसानको बारिमाबाट तरकारि तथा फलफुल व्यवसायि थोकमुल्य बजारमा आउदा करिब १०र१५ रूपैयाको मूल्य फरक पर्ने र हेटौडाका व्यवसायि सम्म पुग्दा सोहि तरकारि को मूल्य करिब १५र२०प्रतिशत बृद्दि भइ उपभोक्तामाझ पुग्ने गरेको प्रष्ट देख्न सकिन्छ।

बजार अनुगमनका क्रममा अधिकांश तरकारि तथा फलफुल व्यवसायिहरूले दर्ता नगराएको र दर्ता गराईएका पनि नविकरण नगरियको पाईएको थियो ।

हेटौडा उपमहानगर पालिकाका अधिकृत भिम तिमल्सिना भन्नुहुन्छ बजारमा केही दिन यता तरकारिमा ह्वात्त मूल्य बढेको जनगुनासो आएको हुँदा बजार अनुगमन गरिएको हो । र व्यवसायिहरूले तोकिएका नियम विपरित व्यवसाय गरिरहेका पाइएकोले उनिहरूलाई नगरपालिका कार्यालयमा उपस्थित गराइ प्रथम पटक निर्देशन दिने र निर्देशन उल्लङघन गरेको खण्डमा कारबाहिको दायरामा हामि व्यवसायिलाइ ल्याउदछौ भन्नुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*