दृष्टिविहिनहरुको नेतृत्व विकास तालिम सम्पन्न

छहारी संवाददाता
जेष्ठ १, २०७६

आज हेटौडामा दृष्टिविहिनहरुको स्वाबलम्बन समुह परिचालन तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

बैशाख ३० गतेदेखि सुरु भएको तालीममा २३ जनाको सहभागिता रहेको थियो ।  नेपालमा कुल ९९५ जना मध्ये मकवानपुरका ९२ जना पुर्ण दृष्टिविहीन रहेका र ४२३२ जना उपचार हुने किसीमका दृष्टिबिहिन रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

नेपाल नेत्रहिन संघ पुनस्र्थापना कार्यक्रम अन्तर्गत मकवानपुर नेत्रहिन संघको आयोजनामा संचालित तालीमको समापन कार्यक्रमका प्रमुख अतिथी हेटौडा उप महानगरपालिकाका प्रमुख हरि बहादुर महतले अपाङ्गसंग सम्बन्धित नीति तथा कार्यक्रम बनाउनका लागि उपयुक्त सुझाब नगरपालीका कार्यालयमा पेश गर्न अनुरोध गर्नुभएको थियो ।

मकवानपुर नेत्र विहीन संघका अध्यक्ष तोरण बहादुर भुजेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्टिय अपाङ्ग महासंघ ३ नं प्रदेश अध्यक्ष आश्विन लम्साल, सहजकर्ता कमल विक, नारी सिप सिर्जना केन्द्रकी सिता अधिकारी लगायतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*