राजमार्ग निर्माणको ४५ प्रतिशत काम सम्पन्न, कुल ३.७५करोड खर्च

छहारी संवाददाता
जेष्ठ १, २०७६

मदनभण्डारी राजमार्गको सडक निर्माणमा हालसम्ममा २.५ अर्व र पुल निर्माण तर्फ १७० करोड गरी कुल ३ अरव ७५ करोड रकम लगानी भइसकेको छ ।

कुल ८ अर्व ९२ करोड रकमको लागत रहेको उक्त सडक खण्डमा मदन भण्डारी लोकमार्ग योजना कार्यालय हेटौडा अन्तर्गतको ११५ किलोमिटर सडकखण्डको सडक तर्फको ४५ प्रतिशत र कुल ३३ वटा पुल अन्तर्गत ७० प्रतिशत काम सम्पन्न भएको कार्यालयका इन्जीनियर केशव प्रसाद ओझा बताउनुहुन्छ

उक्त सडक खण्डमा २५ किलोमिटर पहिलो तहको कालोपत्रे, १० किलामिटर पुर्ण कालोपत्रे र १० किलोमिटर ग्राभेल भएको र अन्य क्षेत्रमा विस्तार हुदैं गरेको छ मदनभण्डारी राजमार्ग निर्माणमा मुआब्जा निर्धारण हूदाँ काममा सहजता भएको छ  ।

वि.सं २०७३ कार्तिकमा कालीका स्वच्छन्द रानकेन जेभी र जेड आइ इ सी अनक लुम्विनी जेभी संग सम्झौता भइ सूरु भएको योजना २०७६ कार्तिकमा सकिनेमा पुन  २०७७ बैशाख मसान्त सम्मका लागि समयावधी थप गरीएको छ ।

  इन्जीनियर केशव प्रसाद ओझाका अनुसार बकैया गाउपालीका वडा नं ४ र हेटौडा उपमनपा ६ चौघडामा बाहेक अन्य स्थानमा समस्या नरहेको र चौघडा र बकैयाबाट २६३ घरधुरीमा सर्वाेच्च अदालतबाट स्टेअडर दिएको हुँदा काम समयमै सक्न समस्या हुन सक्ने बताउनुहुन्छ ।  झापाको बाउनडागी देखी डडेल्ध्राको रुपालसम्मको कुल १२०० कुल लम्बाइ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*