हेटौंडामा डिजास्टर रिकभरि सेन्टरको औपचारिक उद्घाटन(फोटो फिचर)

छहारी संवाददाता
जेष्ठ १, २०७६

हेटौंडा ४ मा स्थापना भएको डिजास्टर रिकभरि सेन्टरको आज औपचारिक उद्घाटन गरिएको छ । संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सेन्टरको उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा मन्त्री बाँस्कोटाले राष्ट्रिय सुचना प्रविधि केन्द्र, डिजास्टर रिकभरि केन्द्र देशको आर्थिक सामाजिक परिवर्तनको मेरुदण्ड नै डाटा सेन्टर रहेको बताउनुभयो ।

राष्ट्रिय सुचना प्रविधि केन्द्र विकास समिति २०५८ को गठन आदेशानुसार स्थापना भएको डिआरसीले सिंहदरबारको डाटा सेन्टरलाई बैकल्पिक स्थानमा रूपान्तरण गर्नुपर्ने आवस्यकता अनुसार हेटौंडामा पहिलो शाखाको रूपमा रहको छ ।

कोरियन सरकारको सहयोगमा निर्मित उक्त कार्यालयले आफ्नो कार्य आजैबाट सुरू भएको र पुर्ण रूपमा छिट्टै गर्ने डिजास्टर रिकभरि केन्द्रका कार्यकारि निर्देशक सुनिल पौडेलले जानकारि गराउनु भयो।

उद्घाटन कार्यक्रममा संचार तथा सुचना प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सुचना प्रविधि विकास समितिका अध्यक्षको सभापतित्वमा भएको कार्यक्रममा नेपालको लागि गणतन्त्र कोरियाका राजदुत पार्क योङ्ग सिक, कोइकाका प्रमुख सङ्ग हुन, ३ नं प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्रालयका मन्त्री कैलाश ढुङ्गेल, प्रदेश सभा सदस्य मुनु सिग्देल, जुनेलि श्रेष्ठ हेटौडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*