अबका बर्ष ठोस नीति काम र गतिको वर्ष हुनेछः मन्त्री बाँस्कोटा

छहारी संवाददाता
जेष्ठ १, २०७६

सरकार गठनको २ बर्ष वित्दै गर्दा संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले विगतका बर्ष के गर्ने कसरी गर्ने भन्ने अन्यौलतामा बिते पनि त्यसलाई आधार बर्ष मान्दै अबको बर्षहरू ठोस नीति रणनिति सहितको काम र गतिशिल रहने बताउनु भएको छ ।

आज हेटौंडामा डिजास्टर रिकभरि केन्द्रको उद्घाटन गदै उउहाँले यस्तो बताउनु भएको हो ।

संचारमन्त्री बाँस्कोटाले पुर्वाधार विकास निर्माणमा नेपाल पछाडि रहेपनि अबको नेपाल डिजिटल नेपाल बनाउने योजना तथा परिकल्पना रहेको र हेटौडामा आगामि कार्तिक सम्ममा फोर जि सेवा सन्चालन गर्ने समेत बताउनुभयो ।

प्रेस युनियनले गरेको विरोध कार्यक्रमलाई इंगित गर्दै मन्त्रि बाँस्कोटाले पेश नै नगरेको विधेयक माथि विरोध गर्नुको औत्यि नहुने बताउनुभयो ।

पत्रकारले भ्रमको खेति गरिरहेको भन्दै उहाँले दिउसै रात पार्ने काम पत्रकारले गर्न नहुने जिकिर गर्नुभयो । नेपालमा मिडियामा हुने विदेशी लगानी लाई स्विकार नगर्ने समेत उहाँले बताउनुभयो ।

मन्त्री बाँस्कोटाले राष्ट्रिय सुचना प्रविधि केन्द्र, डिजास्टर रिकभरि केन्द्र देशको आर्थिक सामाजिक परिवर्तनको मेरुदण्ड नै डाटा सेन्टर रहेको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा संचार तथा सुचना प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सुचना प्रविधि विकास समितिका अध्यक्षको सभापतित्वमा भएको कार्यक्रममा नेपालको लागि गणतन्त्र कोरियाका राजदुत पार्क योङ्ग सिक, कोइकाका प्रमुख सङ्ग हुन, ३ नं प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्रालयका मन्त्री कैलाश ढुङ्गेल, प्रदेश सभा सदस्य मुनु सिग्देल, जुनेलि श्रेष्ठ हेटौडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*