साना उद्योगका उत्पादनको गुणस्तरमा समस्याः खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग

छहारी संवाददाता
बैशाख ३१, २०७६

साना तथा मझौला उद्योगबाट उत्पादित खाद्य पदार्थको गुणस्तरमा समस्या रहेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागले जनाएको छ ।

सोमबार हेटौंडामा प्रादेशिक मन्त्रालय तथा स्थानीय तह सँग अन्तक्रिर्या गर्दै विभागले यस्तो जनाएको हो । बिभागका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत नबराज दाहालले प्रदेश र स्थानिय निकाएमा गुणस्तर नियमनको स्पष्ट खाका नबनिसकेकोले समन्वय गर्न कठिनाइ भैरहेको बताउनु भयो ।

उहाले खाद्य पदार्थको स्वच्छता कायम गर्न प्रदेस र स्थानिय सरकारले यथासक्य छिटो खाद्य पदार्थहरुको गुणस्तर  मापदण्ड तथा नियमनका कानुनहरु निमार्ण गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा बोल्दै हेटौडा उपमहानगरपालिका का सामाजिक बिकाश महाशाखा प्रमुख भिम प्रसाद तिमल्सिनाले स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिइएको भएपनि मापदण्डका बिषयमा अन्यौलता कायम रहेको उल्लेख गर्नूभयो ।

तीन नम्बर प्रदेशका भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिब निर्मल गदालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कायार्यल हेटौडाका प्रमुख सोम कान्त रिजाल, खाद्य डिभिजन कार्यालय सिन्धुलीका प्रमुख प्रेम अर्याल,उपभोक्ता हित संरक्षण मन्च मकवानपुरका अध्यक्ष बासु खतिवडा,राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष नन्द रत्न स्थापित ,उपभोक्ता मन्च नेपालका  अध्यक्ष कुमार पौडेल, बरिस्ठ पशु चिकित्सक चेत नारायण खरेल लगायत जनप्रतिनिधि हरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*