एभिन्युज टेलिभिजनको विरगंज कार्यालयमा तोडफोड

एभिन्युज टेलिभिजनको विरगंज स्थित ब्यूरो कार्यालयमा तोडफोड भएको छ ।
एक अज्ञात समूहले कार्यालयमा तोडफोड गरेको विरगञ्जबाट पत्रकार जितेन्द्र शाहले जानकारी दिनुभयो ।
तोडफोडबाट कार्यालयमा रहेको क्यामरा, कम्प्युटर लगायतका सामग्री फुटेका छन् । आक्रमणकारीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभएको छ ।
आइतबार साँझ प्रशारित एक अन्तरवार्तामा अतिथी बोलाइएका उपप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उउपेन्द्र उादवलाई अपमानजनक व्यबहार गरेका भन्दै आक्रोशित कार्यकर्ताले तोडफोड गरेको हुन सक्ने आशंका गरिएको छ ।
उक्त अन्तरवार्तालाई लिएर सामाजिक संजालमा विभिन्न टिकाटिप्पणीहरु आइरहेका छन् ।







