अनमोल स्विट्सले पायो उत्तम स्तर, सामना र प्रकाश होटलमा अखाध बस्तु फेला (तस्विरमा हेर्नुहोस्)

होटलहरूको स्तरको आधार भान्छाघर नै हो भन्ने यथार्थ हेटौडामा गरिएको अनुगमनमा अनमोल स्विट्स मात्रै उत्तम स्तरको देखिनुले प्रमाणित भएको छ ।
खाध स्वच्छताका आधारमा होटल स्तरिकरण र लोगो वितरण निर्देशिका २०७४ अनुसार आइतबार हेटौंडाका मुख्य बजार क्षेत्रमा सञ्चालित होटलहरुको सरसफाइ तथा खाद्य स्वच्छता व्यवस्थापनको अनुगमन गरिएको थियो । जसमा अनमोल स्विट्स बाहेक हेटौडाका कुनै पनि होटलले उत्तम स्तर पाउन सकेनन् ।
खाध तथा गुण नियन्त्रण कार्यालयका बरिष्ठ खाध अधिकृत तथा कार्यालय प्रमुख सोमकान्त रिजालका अनुसार २० वटा सुचांकको आधारमा होटलहरूको मार्किङ गरिन्छ जसको आधारमा होटलले स्तर प्राप्त गर्न सक्छन ।
खाद्य तथा गुण नियन्त्रण कार्यालयको संयोजकत्वमा अनुगमन टोलीले होटलहरुमा अनुगमन गर्दै स्तरीकरण गर्दा हेटौडा १० स्थित अनमोल स्विटर्सले मात्र उत्तम स्तर प्राप्त गरेको हो ।
हेटौडाका २२ वटा होटलहरूमा गरिएको अनुगमनबाट १० वटा होटलले सन्तोषजनक १ तारा सहितको हरियो रंगको लोगो पाएका छन, ६ वटा होटलहरूले पंहेलो लोगो सहितको सामान्य स्तर पाएका छन भने ५ वटा होटलहरूलाई उचित सुधारसहितको निर्देशन दिईएको छ ।
टोलीले सरसफाईको आधार तथा खाद्य स्वच्छता व्यवस्थापनका लागि स्वस्थ भण्डारणको अनुगमन गर्दै स्तरीकरण गरेको छ । होटलको भान्छा सरसफाइ तथा भण्डारण व्यवस्थापनको आधारमा अति उत्तम, उत्तम, सन्तोषजनक, र सामान्य गरि स्तरीकरण गरिएको छ ।
आइतबार २२ वटा होटलहरुमा अनुगमन गरिएको थियो ।
खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका खाद्य अनुसन्धान अधिकृत सोमकान्त रिजालको संयोजकत्वमा भएको अनुगमनमा उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष बासु खतिवडा, होटल एसोसियसन मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सहदेब आचार्य लगायतको सहभागिता रहेको थियो ।
३ तारे होटलहरूमा समेत अखाध बस्तु फेला
होटल सामना र होटल प्रकाशको भान्छाघरमा अखाध तथा म्याद नाघेका खाध बस्तु फेला परेको थियो ।







