सरकारको विधि ठिक व्यवहार बेठिकःःकृषिमन्त्री दावा दोर्जे लामा.

सरकारको विधि विधान ठिक रहेपनि यसको व्यवहारगत पक्ष भने बेठिक रहेको भुमिव्यवस्था, कृषि तथा सहकारि मन्त्री दावा दोर्जे लामाले बताउनुभयो ।
हेटौडामा आयोजित राष्ट्रिय आदिबासि जनजाति महिला महासंघको आयोजनामा संचालित कार्यक्रमका प्रमुख अतिथि मन्त्रि भन्नुहुन्छ (ूसामाजिक आर्थिक राजनितिक शैक्षिक जस्ता हरेक क्षेत्रमा प्रतिस्पर्धा बढिरहेको अवस्थामा आदिबासि जनजातिहरूले आफ्नो उद्देश्य प्राप्तिका लागि प्रतिस्पर्धामा उत्रन पर्छ ।ूकार्यक्रममा बोल्दै उहाँले हरेक आमा तथा दिदिबहिनिहरूले हामी कमजोर छौं भन्ने विचारबाट उन्मुक्ति भइ जिम्मेवारी बहन गर्न सक्छु भन्न् मनोवल बढाउनु पर्ने र आफ्नो समुदायमा रहेका संभावित उत्पादन लाई बढावा दिई अगाडि बढ्नुपर्ने वताउनु भयो ।
आदिबासि जनजाति महिला महासंघ प्रदेश समन्वय समिति गठन तथा संस्थागत विकास सम्बन्धि तालिम कार्यक्रम महासंघको केन्द्रीय अध्यक्ष चिनिमाया माझिको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमा आदिबासि जनजाति महासंघ जिल्ला समन्वय समिति मकवानपुरका जिल्ला अध्यक्ष तिर्थ बहादुर थापा, नेपाल मगर महिला संघकि ३ नं प्रदेश सचिव तथा जिल्ला अध्यक्ष डेमिज थापा मगर, महासंघकी केन्द्रीय उपाध्यक्ष लक्कि गणेश गनगाई लगायतकाको उपस्थिति रहेको थियो ।
कार्यक्रम को बन्द सत्र पश्चात ३ नं प्रदेश आदिबासि जनजाति महासंघ समन्वय समिति गठन गरिनेछ ।







