मकवानपुरमा १४ महिना यता ३७ जना बालबालिका हराएको तथ्याङक

२५२ ओटा समस्याहरू दर्ता, १४ महिनामा २२ बालविवाह रोकियो
छहारी संवाददाता
बैशाख २७, २०७६

सम्झना घिमिरे / मकवानपुर जिल्लामा विगत १४ महिना देखि यता ३७ जना बालबालिका हराएको बाल हेल्पलाईनको तथ्याङले देखाएको छ ।

जिल्लाका २१ जना बालिका तथा १६ जना बालक हराएको निवेदन दर्ता भएको तथ्याङ्कले देखाएको हो । बाल हेल्पलाईनका संयोजक झविन्द्र ज्ञवालिका अनुसार मकवानपुरका विभिन्न क्षेत्रका बालबालिका सम्बन्धि २५२ ओटा समस्याहरू दर्ता भएका छन । जसमध्ये हेटौडा उपमहानगर भित्रका १०३ बालबालिकाहरू समस्यामा परेको देखिएको छ ।  

तथ्याङ्क अनुसार २३ जना बालबालिका बालबिवाह, ३३ जना अलपत्र , ७५ जना बालबालिकाको आर्थिक अवस्था कमजोर , ३२ जना बालबालिकाहरू ओसारपसार, र ३ जना बालबालिका लागुऔषध दुर्व्यसनमा परेका छन् ।

यस्तै बाल हेल्पलाइनको तथ्याङ्क अनुसार हेटौडा उपमहानगरपालिकाका १०३, मनहरि गाउपालिकाको २४, गढि गाउपालिकाको ६ , बकैया गाउपालिकाको ६७, थाहा नगरपालिका ५, भिमफेदि गाउपालिकाको १४, बाग्मति गाउपालिकाको १२, राक्सिराङ गाउपालिकाको १७, कैलास गाउपालिकाको ३ र ईन्द्रसरोवर गाउपालिकाको १ ओटा बालबालिका सम्बन्धि समस्याहरू दर्ता भएको छ ।

यसैगरी हेल्पलाईनमा मकवानपुर जिल्ला बाहेक बारा पर्सा लगायतका जिल्लाहरूबाट २० जना बालक र २२ जना बालिकाहरूको समस्या दर्ता भएको हेल्पलाईनका मकवानपुर जिल्ला संयोजक ज्ञवालिले बताउनुहुनुभयो ।

१४ महिनामा २२ बालबिवाह रोकियो
१४ महिनायता बाल हेल्पलाइन मार्फत मकवानपुरमा २२ जना बालबालिका बालबिबाह हुनबाट जोगाइएका छन् ।   

हेटौंडामा मात्रै ६ ओटा बालबिबाह रोकिएर बदर भएको सिविन बालहेल्पलाइन मकवानपुरको तथ्याङकले देखाएको छ ।

बालबिबाहबाट जोगाइएका २२ जनामध्ये १८ जना बालिका र ४ जना बालक रहेका छन् । संयोजक  ज्ञवालीका अनुसार बालबिबाह हुनुअगावै उजुरी आएमा बालबिबाह रोक्ने र बालबिबाह भइसकेकामा बदर गरिने बताउनुभयो ।   

जिल्लाका मनहरी, बकैया तथा भिमफेदी गाँउपालिकामा बालबिबाहका घटनाहरु बाहिर आएपनि उजुरी नपर्ने गरेको उहाँले बताउनुभयो । सिविन बालहेल्पलाइनले आपतमा परेका १०९८ नम्बरमा फोन मार्फत आएका समस्या सुनुवाइ गरि उद्धार समेत गर्ने गरेको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*