नेकपासंग प्रतिस्पर्धामा उत्रेर सफल हुन मन वचन र कर्मले सक्रिय रहनुपर्छः अर्जुन नर सिंह केसी

छहारी संवाददाता
बैशाख २५, २०७६

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नर सिंह केसीले कार्यकर्तामा स्वजागरण भए मात्रै जागरण अभियान सफल हुने बताउनु भएको छ ।

आज मकवानपुरमा भएको  राष्ट्रिय जनजागरण अभियानको उद्घाटन गर्दै केसिले इतिहासको दस्ताबेजको निर्माणकर्ताको रूपमा रहेको पार्टिका हरेक कार्यकर्ताले नेकपासंग प्रतिस्पर्धामा उत्रेर सफल हुन मन वचन र कर्मले सक्रिय रहनुपर्ने बताउनु भयो ।

जागरण अभियान मार्फत नेपाली कांग्रेसले नेकपासंग प्रतिस्पर्धामा उत्रेर सफल हुन साहस बटुल्ने र आफ्नो पार्टिको स्वाभिमान बचाउन तर्फ अग्रसर रहने जिकिर गर्नुभयो । नेपाली काङ्ग्रेसले देशव्यापी रुपमा राष्ट्रिय जनजागरण अभियान गरिरहेको छ । 

पार्टि सभापति ईन्द्र बहादुर बानियाँको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला, क्षेत्रिय तथा गाउपालिका सभापति लगायत करिव ४०० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पार्टि सचिब बुद्द लामा, महासमिति सदस्य उमा दहाल, जिल्ला समिति महिला विभाग प्रमुख अमृता थापा मगर लगायतकाले मन्तव्य व्यक्त गर्नुभयको थियो ।

कार्यक्रममा वडा नं ५ का नेकपा उम्मेदवार सिंह बहादुर पाख्रिन, स्ववियु ३ नं क्षेत्रिय सदस्य हरिसरण देवकोटा, राप्रपा क्षेत्रिय सदस्य छविलाल पुडासैनीलगायत ५० जनाले पार्टी प्रवेश गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*