विश्व रेडक्रस दिवसः पुरा पढ्नुहोस् (तस्विर सहित)

छहारी संवाददाता
बैशाख २५, २०७६

आज मे ८ अर्थात विश्व रेडक्रस दिवस् । रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनान्टको संझनामा हरेक वर्ष यसै दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।
रेडक्रसको स्थापना  
आजभन्दा १८२९ वर्ष पूर्व, ईसं १८२८ को मे ८ को दिनमा स्वीटजरल्यान्डको जेनेभामा जाँ हेनरी ड्यूनान्टको जन्म भएको थियो ।

नोबेल शान्ती पुरस्कारका प्रथम विजेता र रेडक्रस जस्तो विश्वब्यापी परोपकारी संस्थाका संस्थापक हेनरीको जन्मदिनलाई हरेक वर्ष विश्व रेडक्रस दिवसका रुपमा संसारले सम्झना, सर्मपण अनि सद्भाव व्यक्त गर्ने गर्दछ ।

हेनरीलाई लेखकका रुपमा पनि चिनिन्छ, उनले सन् १८५९ मा लेखेको पुस्तक (मेमोरी अफ सोल्फेरिनो) अत्यन्त हृदयश्पर्शी यात्रा संस्मरण हो ।

सोल्फरिनो भन्ने ठाँउ अहिलेको ईटलीमा पर्दछ, यूरोपको यस ठाँउमा यूद्धताका हेनरी कामको सिलसिलामा पुग्दा रगताम्य सिपाही, घाईते अनि मृतकहरुको दर्दनाक अवस्था प्रत्यक्ष देखेका थिए, यहि यात्राले उनलाई विश्व परोपकारकालागि रेडक्रस जस्तो अभूतपूर्व संस्था सन् १८६३ मा रेडक्रसको अन्तराष्ट्रिय कमीशन अर्थात् आईसीआरसीका रुपमा शुरुवात गर्न प्रेरित गर्यो ।

रेडक्रसको मुख्य कार्यहरुमा मानवताको संरक्षण अनि यूद्ध ग्रस्त क्षेत्रहरुमा घाईतेहरुको उद्धार रहेको छ । यो संसारले धेरै यूद्धहरु खेपेको छ, रक्तपातको ईतिहास बोकेको छ अनि हरेक यूद्धमा कैंयनका सख्यामा घाईतेहरु उपचार नपाईकन छटपटाएर मरेको छन् ।

हेनरी ड्यूनान्टले मानवताको मूल्य अनि सेवाको आवश्यक्तालाई महसुस गरेर स्थापना गरेका यो रेडक्रस आज संसारभरिका १९० भन्दा बढी देशहरुमा कार्यरत छ ।
रेडक्रसलाई के ले चिनाउछ
अस्पताल, स्वास्थ्य सँस्था र स्वास्थ्यकर्मीहरु चिनाउनकालागि रातो क्रस चिह्नको प्रयोग गरिन्छ।

पछील्लो समयमा रेडक्रस अनि स्वास्थ्यसेवाको चिह्नलाई फरक देखाउने विभिन्न प्रयास भएपनि आजको संसारमा एउटा बुझ्ने उमेरको सानो बच्चाले पनि रातो क्रस देख्ने वित्तिकै सहजै स्वास्थ्य सेवा भनेर बुझ्दछ ।

नेपालमा रेडक्रसको अवस्था
नेपालमा पनि हामीहरुले पढेका अधिकांश विद्यालयदेखिनै स्वयमसेवा अनि मानवताको मूल्यलाई आत्मसाथ गर्दै रेडक्रसको जुनियर रेडक्रस अनि यूवा रेडक्रस सर्कलहरु सक्रिय छन् ।

नेपालमा सन् १९६३ बाट नेपाल रेडक्रसको शुरुवात भएको हो । सबै जिल्लामा नेपाल रेडक्रसले आफ्नो सेवाहरु दिँदै आएको छ । स्वयमसेवा उन्मुख संस्था भएकाले रेडक्रसका कार्यहरु विधार्थी, यूवा स्वयमसेवी अनि स्वंसेवी शिक्षकहरु, समुदायका व्यक्तिहरुले गर्दछन् ।

विसं १९९०, २०४५ अनि २०६३ सालमा ठूलाठूला भूकम्पको मार खेपेको नेपाली भूमीमा रेडक्रसले विपद ब्यवस्थापनमा ठूलै गुण लगाएको छ । रक्तदान अनि सहज रक्त उपलब्धताकालागि रेडक्रस अद्वितिय संस्था हो ।

यसका अलावा अपाङ्गताको क्षेत्रमा अनि सशस्त्र द्वन्द्वताका हराएका र वेपत्ता पारिएका परिवारलाई सही सूचना प्रदान गर्न र वर्तमान समयमा पूर्ननिर्माणमा हातेमालोको सहकार्लायमा समेत रेडक्रसको उल्लेखनिय भूमीका नेपालमा रहेको छ ।
रेडक्रसका मुख्य सिद्धान्तहरु
१, मानवता
२, निष्पक्षता
३, तठस्तता
४, स्वतन्त्रता
५, स्वंसेवा
६, एकता
७, सर्वब्यापक्ता ।

पहिलो र दोश्रो विश्वयूद्धताका रेडक्रसले पूर्याएको योगदान बयान गरि साध्य छैन्, विश्वको मानवसेवा ईतिहासमा रेडक्रसले पूर्याएको योगदान स्वर्ण अक्षरले ईतिहासका पानामा कुदिएको छ ।

यसरी हेनरी ड्यूनान्टले १८ औँ शताब्दीमा देखेका सपना अनि त्यसका खाकाहरु आज संसारभरि मानव सेवाकालागी कहलिएको छ ।

पछिल्ला समयमा रेडक्रसलाई केही आर्थिक पारदर्शिताका हिसाबले उत्ति पारदर्शी नभएको आरोप पनि संसार भरि लाग्न थालेको छ, निष्पक्ष सेवाभाव भएको यो शताब्दी भन्दा धेरै वर्ष पुरानो मानव आस्थाको संस्थामा व्यापार नछिरोस्, संसारलाई रेडक्रसको आवश्यक्ता छ । हाम्रो पात्रोको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*