परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ गृहजिल्लामा सम्मानित हुँदै

परराष्ट्रविद हिरण्यलाल श्रेष्ठलाई हेटौँडामा सम्मान गरिने भएको छ ।
नेवा सांस्कृतिक पुचःले यहि वैशाख २८ गते श्रेष्ठलाई सम्मान गर्न लागेको हो । मकवानपुरको भीमफेदीमा जन्मीनु भएका श्रेष्ठ ७७ वर्ष ७ महिना ७ दिन पुगेको अवसर पारी पुचःले सम्मान गर्ने भएको हो ।
श्रेष्ठले नेपाली सास्कृती, नेपाल भाषा, पत्रकारिता, प्रगतिशिल आन्दोलन लगाएतको क्षेत्रमा मकवानपुरलाई मात्र नभएर देशलाईनै चिनाउन सफल भएको भन्दै पुचले सम्मान गर्न लागेको हो ।
आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि पुचःका मकवानपुर अध्यक्ष विष्णुगोपाल महर्जनले पुचले श्रेष्ठजस्तो बहु प्रतिभाको धनि ब्यक्तित्वलाई सम्मान गर्न पाउनु आफुहरुको अहोभाग्य रहेको बताउनुभयो ।
१९९८ मा मकवानपुरको भीमफेदीमा जन्मेका श्रेष्ठ नेपालको तर्फबाट रुसको राजदुत हुनु भएको थियो । उहाँ मकवानपुरबाट दुई पटक सांसदमा विजयी हुनु भएको थियो ।
उहाँले कम्युनिष्ट राजनीतिमा २०१७ सालबाट नै सक्रिय सदस्यको रुपमा काम गर्नु भएको छ । पछिल्लो समय श्रेष्ठ अन्तराष्ट्रिय मामिला सम्वन्धमा अध्ययनमा तथा लेखनमा सक्रिय हुनुहुन्छ । उहाँका हालसम्म ३० वटा भन्दा धेरै कितावहरु प्रकाशित भैसकेको छ ।







