विभिन्न पार्टी परित्याग गरी ७३ जना नेपाली कांग्रेसमा प्रवेश

छहारी संवाददाता
बैशाख २४, २०७६

हेटौंडा, २४ बैशाखरनेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका १६ घ्याम्पेमा मंगलबार विभिन्न पार्टी परित्याग गरी ७३ जना नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

हेटौडा १६ का सभापति रामकृष्ण कोईरालाको सभाध्यक्षता एवं नेपाली कांग्रेसका सहमहामन्त्री डा। प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्रपा, नेकपा र जनमोर्चा परित्याग गरी ७३ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा समाजसेवी कुमार सिं खड्का, राप्रपाबाट हेटौंडा १६ नम्बर वडा सदस्यका प्रत्यासी रमेश दंगाल, राप्रपाकै बरुण थापा, नेकपाका मोहनबहादुर विश्वकर्मा, रुपक घिमिरेलगायत ७३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई प्रमुख अतिथि, अथितिहरुले टीका तथा खादा लगाएर स्वागत गर्नुभएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका सहमहामन्त्री डा। प्रकाशशरण महत, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, मकवानपुर पार्टी सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, नगर सभापति आनन्दराम पराजुली, नवप्रवेशीको तर्फबाट कुमारसिं खड्का, रमेश दंगाल, रुपक घिमिरेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पार्टीका जिल्ला नेता, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरु एवं भातृ, शुभेच्छुक संसथाका पदाधिकारी तथा क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*