शल्यक्रिया गर्दा फरक समूहको रगत चढाइएको भनिएकी पाँच वर्षीया बालिकाको मृत्यु

छहारी संवाददाता
बैशाख २३, २०७६

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा शल्यक्रिया गर्दा फरक समूहको रगत चढाइएको भनिएकी पाँच वर्षीया बालिकाको ज्यान गएको छ ।

मुटुको शल्यक्रिया गर्ने क्रममा अर्कै समूहको रगत चढाइएको दाबी गरिएकी सर्लाहीकी ५ वर्षकी आकृतिकुमारी साहको ज्यान गएको हो । 

ओ पोजेटिभ समूहको रगत आवश्यक पर्ने आकृतिको शल्यक्रिया गर्ने क्रममा चिकित्सकले ए पोजेटिभ रगत चढाएको परिवारले दाबी गरेको छ । परिवारले चिकित्सकीय लापरबाहीका कारण बालिकाको ज्यान गएको आरोप लगाएको छ । आकृतिको उपचारमा लापर्वाही गर्ने डाक्टरलाई कारबाही गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रिएका छन् । 

अस्पतालले भने घटनाको छानबिन भइरहेको बताएको छ ।  उज्यालो अनलाइनबाट

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*