संघीय सरकारको नीति तथा कार्यक्रमः सामाजिक सुरक्षा भत्ता बढ्ने

आउँदो आर्थिक वर्षमा थप ५ लाख रोजगारी सृजना गर्ने
छहारी संवाददाता
बैशाख २१, २०७६

सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने भएको छ ।

आज संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गर्नुभएको हो । यसअघि प्रधानमन्त्री र मन्त्रीहरुले पनि वृद्धभत्ता बढ्ने बताउँदै आएका थिए ।

चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता नबढाएको भन्दै सरकारको आलोचना भएको थियो ।

 

सामाजिक सुरक्षा योजनाको दायरा बढाइने, योगदान गर्नेलाई सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र

सरकारले योगदानमा आधारिक सामाजिक सुरक्षा योजनामा योगदान गर्ने नागरिकलाई सामाजिक सुरक्षा नम्बरसहितको परिपचपत्र दिने भएको छ ।

सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सामाजिक सुरक्षा योजनामा योगदान गर्नेलाई सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र दिने घोषणा गरेको हो ।

नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा योजनाको दायरा बढाइने भन्दै यसबाट श्रमिक, कर्मचारी, औषधोपचार, स्वास्थ्य तथा मातृ स्वास्थ्य सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा र जेष्ठ नागरिक सुरक्षा सम्बन्धी सेवाबाट लाभान्वित हुने सरकारको भनाई छ ।

यस्तै सरकारले विभिन्न निकायबाट प्रदान गरिने सामाजिक सुरक्षा कार्यक्रमलाई समन्वयात्मक रुपमा सञ्चालन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

आउँदो आर्थिक वर्षमा थप ५ लाख रोजगारी सृजना गर्ने

सरकारले आउँदो आर्थिक वर्षमा थप ५ लाख रोजगारी सृजना गर्ने घोषणा गरेको छ । संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच लाख रोजगारी सृजना गर्ने घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरी थप रोजगारी सृजना हुने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले उद्यमशिलता र रोजगारी सिर्जनालाई पनि यो वर्षको नीति तथा कार्यक्रमको मुख्य प्राथमिकतामा राखेको छ ।

सरकारले निर्माण, उत्पादनमूलक उद्योग र सेवा क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्ने बताएको छ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन र सार्वजनिक तथा निजी क्षेत्रबाट हुने क्रियाकलापबाट आगामी वर्ष थप ५ लाख रोजगारी सिर्जना गर्ने बताएको हो ।  

व्यवसाय गर्ने लागत उल्लेख्य रूपमा कम गर्न व्यवसायको दर्ता सहज बनाइने, सञ्चालन प्रक्रिया सरल बनाइने, कर्जा परिचालन मितव्ययी बनाइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै सरकारले रोजगारी सृजना गर्न राष्ट्रिय ज्ञान पार्कको स्थापना गर्ने घोषण पनि गरेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*