चट्याङ लागेर मकवानपुरमा एक महिलाको मृत्यु , एक जना घाइते

चट्याङ लागेर मकवानपुरमा एक महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाईते भएकी छिन् ।
आज हावाहुरी र बर्षासंगै परेको चट्याङ लागेर मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ देउरालीकी २७ बर्षीया फुलमाया पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
यस्तै चट्याङ लागेर मनहरी गाउँपालिका वडा नम्बर ३ मा बाख्रा चराउन गएकी ५० बर्षीकी बृन्दा मोक्तान घाईते भएकी छन् । मोक्तानको मनहरीमा प्राथमिक उपचारपछि हेटौंडा अस्पताल ल्याएर उपचार भइरहेको छ ।







