सञ्चार र प्रविधिको प्रयोग व्यापक बनाउनु पर्छः मन्त्री ढुंगेल

छहारी संवाददाता
बैशाख १९, २०७६

प्रदेश तीनका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले आजको युगमा सूचना र सञ्चार प्रविधिको महत्व निकै बढेको बताउनुभएको छ ।

मन्त्री ढुंगेलले सञ्चारसंगै हरेक क्षेत्रमा प्रविधिको महत्व र प्रयोगको व्यापकता बढाउनु पर्ने बताउनुभयो ।

प्रदेश तीनको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज हेटौंडामा आयोजित कार्यक्रममा मन्त्री ढुंगेलले यस्तो बताउनु भएको हो ।
कार्यक्रमको उध्घाटन् गर्दै प्रदेशका प्रमुख सचिब आनन्दराज ढकालले सूचानामा सबैको पहुँच हुनु पर्ने साथै प्रविधिको सहि उपयोग गर्न सबैलाई जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश तीनका मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपाने, जिल्ला समन्वय समिति मकवानपुरका सभापती रघुनाथ खुलाल, प्रदेशका तीनका प्रेश रजिष्टार रेवती सापकोटा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब राजकुमार श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश तीनका महासचिब कृष्ण सारु मगरले प्रस्तुतीकरण गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*