लागूऔषध सहित २ जना पक्राउ, मोटरसाइकल चोर पनि समातिए

छहारी संवाददाता
बैशाख १९, २०७६

प्रहरीले हेटौंडा १५ रातोमाटेबाट ३१ किलो लागूऔषध गाँजा सहित भारतिय नागरिकलाई पक्राउ गरेको छ ।

भारतिय नम्बर प्लेटको बिआर २९७५६ नम्बरको टाटासुमोमा राखेर मकवानपुरबाट भारत निकासी गर्न लागिएको ३१ किलो गाँजा सहित भारतको मुजफ्फपुर सदातपुर ८ बस्ने २६ वर्षका राजकुमार यादबलाई पक्राउ गरेको हो ।

टाटा सुमोको पछाडी नम्बर प्लेट राख्ने भागमा फल्स बटम बनाएर गाँजाका चार वटा पोका लुकाई निकासी गर्न लागिएको अबस्थामा बरामद गरिएको उजिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

यसअघि पनि लगातार रुपमा भारतिय गाडी र भारतिय नागरिक गाँजा सहित पक्राउ परिरहेका छन् ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौडा १ मा रहेको सुमो काउन्टर नजिकैबाट लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका ८ का ३७ वर्षिय संजय महर्जनको शरिर शंका लागि खानतलासी गर्दा उनको साथबाट लागू औषध डाईजेपाम ३० एम्पुल, नोर्फिन ३० एम्पुल र फेनार्गन ३० एम्पुल फेला परेको प्रहरी उपरिक्षक सिंहले जानकारी दिनुभयो ।

लागु औषध सहित उनलाई आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

यसैगरी, प्रहरीले मकवानपुर मनहरी ८ घर भई हाल हेटौडा ५ बस्ने प्रविण बर्तौलाको १७ गते हराएको मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

चोरी भएको सूचना पाए पछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्दै जाँदा हेटौडा १४ का २४ वर्षका विकास थिङलाई चोरी भएको मोटरसाइकल सहित हिजो पक्राउ गरेको हो ।

ग ११ प ४९४७ नम्बरको क्रस फायर मोटरसाईकल हेटौडा १५ मा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको थियो । उक्त मोटरसाइकलको बजार मुल्य ६,१०,००० रुपैया पर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*