भोली देखि ओम्याक्स सिनेमा हल पुनः संचालनमा आउँदै

छहारी संवाददाता
बैशाख १९, २०७६

हेटौंडाको हुप्राचौरमा रहेको ओम्याक्स हल भोली देखि संचालनमा आउँदैछ ।

करिब नौ महिना अघि आगलागीले ध्वस्त भएको हल पूर्ण रुपमा निर्माण सम्पन्न भएकाले भोली बाट संचालनमा आउन लागेको हो । करिब ३ करोड ४० लाख रुपैयाँ लागतमा हल निर्माण गरिएको हलका संचालक तिर्थ प्रधानले जानकारी दिनुभयो ।

प्रधानले भन्नुभयो– 'पहिलेको ओम्याक्स भन्दा थप सुबिधा र क्षमतामा बृद्धी गरेका छौं । अहिले निर्माण गरिएको हलमा लक्जरी सिट सहित ३ सय ९० जना बसेर फिल्म हेर्न सक्ने व्यवस्था छ ।' ओम्याक्स पुन संचालनको पहिलो दिन अर्थात भोली नै चलचित्र दालभात तरकारी पनि दर्शकले हेर्न पाउने हलका अर्का संचालक नरेन्द्र महर्जनले बताउनुभयो ।

हलमा अहिले दुईवटा प्रोजेक्टर राखिएको छ । भित्ता र सिलीङमा समेत साउन्ड सिष्टम राखिएको महर्जनले बताउनुभयो– 'पहिलेको तुलनामा पुननिर्माण गरिएको हलमा सबै सुबिधाहरु थप गरिएको छ । नयाँ प्रविधिको साउण्ड सिस्टमदेखि लिएर दर्शक बस्ने सिट समेतको स्वरुप परिवर्तन भएकाले पनि हल संचालन गर्ने केहि ढिलाई भएको हो ।'

मकवानपुरे दर्शकहरुको मन जित्न सफल भएको ओम्याक्स हल अब पुन नयाँ प्रविधि तथा नयाँ टेक्नोलोजीको साथ पुन सञ्चालनमा आएकाले दर्शकले परिवर्तन र सुविधा सम्पन्न भएको अनुभव गर्न पाउने सञ्चालक महर्जनको भनाई छ ।

महर्जनले भन्नुभयो– 'आगलागीको कारण हल बन्द भएदेखि हरेक दिन हल कहिले बन्छ भन्दै दर्शकले फोन गर्नुहुन्थ्यो, अब भने लामो समय पश्चातको दर्शकको प्रतिक्षा सक्कीएको छ ।'

ओम्याक्स हलमा २०७५ श्रावण २३ गते विद्युत सर्ट भइ आगो लागेपछि बन्द भएको थियो । जसमा ३ करोडको क्षती भएको थियो ।

२०६९ जेठबाट सञ्चालनमा आएको ओम्याक्स हल सुविधायुक्त ओम्याक्स हल निर्माण भएपछि महर्जनले नै सञ्चालन गर्दै आएको ओम सिनेमा हल भत्काइएको थियो । ओम चलचित्र हल २०४४ सालमा स्थापना भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*