गिटी बालुवा उत्खनन गर्दा बनेको खाल्डोमा जमेको पानीमा डुब्दा मनहरीकी बालिकाको ज्यान गयो

छहारी संवाददाता
बैशाख १९, २०७६

मनहरी खोलामा डुबेर आज एक बालिकाको मृत्यु भएको छ ।

मनहरी गाउँपालिका ७ लामाबस्तीकी १३ बर्षीया सिर्जना मुक्तानको डुबेर मृत्यु भएको हो । उनी राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिइन् ।

गिटी बालुवा उत्खननका लागि एक्साभेटरले खाल्डो खनेको स्थानबाट बगेको पानीमा डुब्दा मुक्तानको ज्यान गएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

पौडी खेल्न गएका चारजना साथीहरु मध्ये १ जना हराएपछि साथीहरुले मुक्तानको घरमा खबर गरेका थिए ।

अभिभावक, प्रहरी र स्थानीयबासी मिलेर जमेको पानी निकास निकालेर खोज्दा सिर्जनाको भेटिएको हो । मनहरी डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*