हेटौडामा सांसद र संचार सम्बन्धि अन्तरक्रिया

प्रदेश तीन सचिवालयको आयोजनामा आज हेटौडामा सांसद र संचार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संघिय संसदका उपसभामुख शिवमाया तुम्बाहाम्फेको प्रमुख आतिथ्यता तथा प्रदेश तीनका सभामुख सानुकुमार श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रदेश तीनकी उपसभामुख राधिका तामाङ, सत्ता पक्षका मुख्य सचेतक रामेश्वर फुंयाल, सभासद अष्टलक्ष्मि शाक्य, संचारिका समूहकी अध्यक्ष नितु पण्डित संसदिय मामिला पत्रकार समाजका संस्थापक टंक पन्त, नेपाल पत्रकार महासंघ प्रदेश तीनका अध्यक्ष प्रताप विष्ट लगायतकाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नितु पण्डितले सांसद र सन्चार सम्बन्धका बारेमा प्रस्तुति गर्नुभयको थियो भने टंक पन्तले सांसद र संचार व्यवस्थापनका बारेमा प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा सांसदहरूले आफ्नो विषय उठानमा सम्वेदनशिल हुनुपर्ने, महिलाहरू आर्थिक, सामाजिक तथा राजनितिक रूपमा सचेत र जानकार हुनुपर्ने लगायतका विषयमा जोड लिइएको थियो ।







