७१ किलो गाँजासहित पक्राउ परेका २ जना सार्वजनिक
प्रहरीले ७१ किलो लागूऔषध गाँजासहित गएराती पक्राउ परेका २ जनालाई आज सार्वजनिक गरेको छ ।
प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट प्राप्त सूचनाको आधारमा मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवन कुमार झाको नेतृत्वको टोलीले उनीहरुलाई हेटौंडा ३ लेवटबाट पक्राउ गरेको हो ।
पक्राउ परेका रौतहट चनद्रपुर ८ बस्ने बर्ष २७ को कर्णबहादुर हमाल र रौतहट भगवानपुर १ बस्ने बर्ष २६ को गौरी शंखर यादवलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
मनहरीबाट हेटौंडा आउँदै गरेको ना ५ ख ८१६४ नम्बरको ट्रकलाई रोकेर चेक जाँच गर्ने क्रममा ट्रकमा ७१ किलो गाँजा फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिएको मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
ट्रकको क्याबिन मुनि प्लाष्टिकको ५ वटा पोका बनाएर लुकाइ छिपाई गाँजा ल्याएको सुचनाका अधारमा उनिहरुलाई पक्राउ गरिएको सिंहले जानकारी दिनुभयो ।
पक्राउ परेका हमाल ट्रकमा चालक हुन् भने यादव लागू औषधका धनी हुन् । गाँजा धनी यादवको साथबाट नगद ३० हजार समेत बरामद गरिएको एसपी सिंहले बताउनुभयो ।







