कम्युनिष्ट सरकारले गरिबको नाममा आकाशे कुरा मात्रै गर्योः कांग्रेस नेता महत

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले अहिलेको कम्युनिष्ट सरकारले तीनै तहमा भ्रष्टाचार लाई बढावा दिईरहेको आरोप लगाउनु भएको छ ।
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरले आयोजना गरेको कार्यक्रममा उहाँले प्रत्येक तहमा गरिबको नाममा आकाशे कुरा गरेर अहिलेको सरकारले आफ्नो सुख सुविधामा मात्र जोड दिईरहेको आरोप लगाउनु भयो ।
कम्युनिष्टहरू काम भन्दा कुरा बढी गर्ने भन्दै उहाँले मजदुर र उनिहरूको श्रम तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।
ट्रेड युनियन मकवानपुरका अध्यक्ष यम बहादुर श्रेष्ठको नेतृत्वमा हेटौडा उपमहानगरपालिका १० मा रहेको वन विज्ञान अध्ययन संस्थानको गेटबाट निकालिएको र्यालीमा करिब २०० जना सहभागी थिए ।
र्याली मेन रोड हुँदै बजार परिक्रमा गरि हेटौडा ४ मा रहेको पशुपति सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।
ट्रेड युनियन मकवानपुरका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टि सभापति ईन्द्र बहादुर बानिया,नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिका पुर्व उपाध्यक्ष कल्पना अधिकारि, रघुरमण न्यौपाने, माईकल रामचन्द्र अर्याल लगायतको उपस्थिति रहेको थियो ।







