समृद्धिको लागि भाषण हैन भिजनको आवश्यकताः मन्त्री नेपाल

छहारी संवाददाता
बैशाख १८, २०७६

सम्झना घिमिरे र प्रदेश तीन्का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले देशको समृद्धिको लागि भाषण हैन भिजनको आवश्यकता रहेको बताउनु भएको छ ।

नेपालको पर्यटन क्षेत्रको विकासका लागि सबै लाग्नुपर्ने भन्दै मन्त्री नेपालले भन्नुभयो–'समृद्दि प्राप्तिका लागि मेहनत तथा योजनाको आवस्यकता पर्छ, भाषणले मात्र देशको समृद्दि प्राप्त हुन सक्दैन ।'

लुम्बिनी भ्रमण बर्ष २०७६ को सन्दर्भमा प्रदेश ५ सरकारको आयोजनामा प्रदेश तीनको राजधानी हेटौडामा भएको पत्रकार अन्तरक्रिया कार्यक्रममा मन्त्री नेपालले यस्तो बताउनु भएको हो ।

पर्यटन प्रबर्द्धनको शिलशिलामा नया नया स्थानहरुको खोजी र भएका पर्यटकीय स्थानलाई राम्रो, आकर्षक र ब्यवस्थित बनाउनु पर्ने उहाँको भनाई छ । बुद्ध भूमी लुम्बिनीमा अवस्थित पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै भ्रमण बर्ष सफल पार्न आयोजकले आग्रह गरेको छ ।

नेपाल सरकारबाट सन् २०२० लाई नेपाल भिजिट बर्षको रुपमा मनाउन लागेको सन्दर्भमा सोही कार्यक्रमलाई सहयोगता पुर्‍याउन प्रदेश ५ सरकारले २०७६ लाई  लुम्बिनी भ्रमण बर्षको रुपमा मनाउन लागेको हो ।

कार्यक्रम लुम्बिनी भ्रमण बर्ष २०७६ को प्रचार समिती संयोजक भरत केसि, प्रदेश ५ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका अधिकृत खेम थापा, मकवानपुर उद्योग बाणिज्य संघ अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघ मकवानपुर अध्यक्ष नवराज अर्याल, प्रदेश पत्रकार महासंघ अध्यक्ष प्रताप बिष्टलगायतको सहभागीता रहेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*