भाषणले मात्रै देशमा समृद्धी आउँदैनः मन्त्री अरुण नेपाल
प्रदेश तीनका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले पर्टन क्षेत्रको विकासका लागि सबै लाग्नुपर्ने बताउनु भएको छ ।
लुम्बिनी भ्रमणबर्ष प्रचार प्रसार समिति र प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसरमा आज हेटौंडामा आयोजित पत्रकार भेटघाट तथा अन्तरकृयाको उध्घाटन् गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रदेश तीन ले सबैलाई आकर्षित गर्ने धेरै काम गरिएको र यसको प्रचार प्रसार हुन जरुरी रहेको उहाँले बताउनुभयो ।
अहिलेको अवस्थामा भाषण गरेर मात्र समृद्धी नआउने भएकाले काम गर्ने बेला आएको उहाँको भनाई छ । आफुहरु भ्रमण बर्षलाई सफल पार्नका लागि तयार रहेको मन्त्री नेपालले बताउनुभयो ।
कार्यक्रममा मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघ मकवापुरका अध्यक्ष नवराज अर्याल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, होटल एसोसियशन मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ट, पर्यटन पत्रकार महासंघ मकवानपुरका अध्यक्ष भानुभक्त आचार्य लगायतकाको सहभागिता रहेको थियो ।
प्रदेश ५ र प्रदेश ३ को हेटौंडाका पत्रकार, उद्योगी ब्याबसायीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।







