प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै हेटौंडामा पत्रकारको र्याली

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै प्रदेश तीनको राजधानी हेटौंडामा आज र्याली गरिएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय निर्देशन अनुसार पत्रकार महासंघ प्रदेश तीनले र्याली आयोजना गरेको हो ।
प्रेस स्वतन्त्रता सुनिश्चितताको लागि ऐक्यबद्धता लेखिएको व्यानर सहित मकवानपुरका पत्रकारहरुले हेटौंडाको सिमाचोकदेखी बुद्धचोक हुँदै उद्योग वाणिज्य संघको भवन अगाडीसम्म र्याली निकालेका थिए ।
र्यालीमा प्रदेश पत्रकार महासंघका प्रतिनिधि,पत्रकार महासंघ मकवानपुरका प्रतिनिधि, अन्य जिल्लाका पत्रकारसहित प्रदेश ३ का प्रेस रजिष्टार रेवतीप्रसाद सापकोटासमेत सहभागि हुनुहुन्थ्यो । तुखबरबाट







