देश विकासका लागि सामाजिक विकास मन्त्री दुलालको यस्तो छ फर्मुला

छहारी संवाददाता
बैशाख १८, २०७६

सम्झना घिमिरे/  सामाजिक विकास मन्त्री युवराज दुलालले देशको समग्र विकासमा मानव संसाधनको क्षेत्रगत, संख्यात्मक र गुणात्मक रूपमा प्रयोग गर्नुपर्ने बताउनु भएको छ ।

नेपालमा हेटौडामा आज प्रदेश स्तरीय मानव संसाधन प्रक्षेपण सम्बन्धि एक दिवसिय गोष्ठिमा प्रमुख अतिथि मन्त्री दुलालले विकसित राष्ट्रहरूले प्रविधिको अधिकतम प्रयोग गरेकै कारण विकासमा फड्को मार्न सफल भएको बताउनुभयो ।

सामाजिक विकास मन्त्रालय प्रदेश तीको आयोजनामा भएको कार्यक्रम मन्त्री दुलालले नेपालमा दक्ष जनशक्ति र उपयुक्त सीप नभएको कारण उत्पादकत्व कमजोर भई उत्पादन लागत बढि रहेको बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिपेन्द्र सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रा.डा. माधव प्रसाद दाहाल र डा. रूद्र सुवालले संघिय कार्यदलको तर्फबाट प्रस्तुति गर्दै मानव संसाधन विकास योजना तथा देशको समग्र विकासमा मानव संसाधनको माग र आपुर्ति बिचको सन्तुलन ल्याउन आवस्यकता र आँकलन पेश गर्नुभएको थियो ।

कार्यक्रममा नीति तथा योजना आयोगकी डा. यमुना कँडेल, मन्त्रालयका सहसचिव रामसरण सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*