अब पुरुष मात्रै भएको मञ्च बहिस्कार

छहारी संवाददाता
बैशाख १८, २०७६

पुरुषमात्रै भएको मञ्च बहिस्कार गर्ने अभियान आजदेखि सुरु भएको छ ।

महिला अधिकारकर्मी, राजनीतिज्ञ, मानव अधिकारकर्मी, सामाजिक अभियन्ता लगायतका व्यक्तिहरुको उपस्थितीमा पुरुष मात्रै भएको मञ्च बहिस्कार गर्ने अभियान सुरु गरिएको हो ।

सीड कमिटीका उपाध्यक्ष बन्दना राणा मुख्य अभियन्ता रहेको अभियानको सुरुआत उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले गर्नु भएको थियो । पोखरेलले अभियान पत्रमा हस्ताक्षर गर्दै ‘पुरुष मात्र हुने मञ्च बहिस्कार गरौं’ अभियानको सुरुआत गर्नु भएको हो ।

अभियानको उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले कागजमा मात्रै नभइ मनदेखि अभियानको सुरुआत गरेको बताउनुभयो ।

उहाँले संविधानले नै महिलालाई पुरुष सरह सबै ठाउँमा सहभागिता हुने हक दिएको उल्लेख गर्दै हरेक मञ्चमा महिलाको सहभागिता आवश्यक रहेको पनि बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘म आफू जाने कार्यक्रममा पनि महिलाको उपस्थितीबारे प्रश्न राख्छु । आफू मातहतका कार्यक्रममा पनि सहभागिता कार्यान्वयन गराउँछु ।’

कार्यक्रममा सहभागिले ‘पुरुष मात्र हुने मञ्च बहिस्कार गरौं’ भन्ने अभियानमा ऐक्यवद्धता जनाउँदै हस्ताक्षर समेत गरेका थिए ।महिलाखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*