पत्रकार गणेश दर्पण अधिकारी मकवानपुर उद्योग वाणिज्य संघको प्रेस सल्लाहकार

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका सचिव गणेश दर्पण अधिकारी मकवानपुर उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा चयन हुनु भएको छ ।
पत्रकार अधिकारी प्रदेश दैनिकका प्रकाशक तथा रेडियो मकवानपुरका स्टेशन म्यानेजर हुनुहुन्छ ।
सोमबार बसेको संघको कार्यसमितिको नियमित बैठकले अधिकारी सहित अर्का एक जनलाई सल्लाहकार चयन गरेको छ ।
बैठकले जयकालिका हार्डवेयरका प्रोप्राईटर कृष्णबहादुर कार्कीलाई संंघका अध्यक्ष कृष्ण कटुवालको सल्लाहकार चयन गरेको हो ।







