श्रमिक दिवसमा नेपाल ट्रेड युनियन काँग्रेसले विविध कार्यक्रम गर्दै

१ सय ३० औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसले विविध कार्यक्रम गर्ने भएको छ ।
सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिइएको हो । कार्यक्रम अनुसार बैशाख १७ गते बिहान ७ बजे बुद्धचोकमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।
यस्तै श्रमिक दिवसको अवसरमा १८ गते हेटौंडाको फरेष्ट्री क्याम्पसमा भेला भई र्याली सहित पशुपति सभाहलमा कार्यक्रम हुने नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुर अध्यक्ष यम बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रैसका केन्द्रिय नेता डाक्टर रामशरण महत सहभागि हुने उहाँले बताउनुभयो । ट्रेड युनियनले श्रमिकहरुको हकहित र सामाजिक सुरक्षा कोषमा सुचीकृत हुन रोजगारदाताहरुलाई सचेतना र दबाब गराउने उद्धेश्य राखेको समेत अध्यक्ष श्रेष्ठले स्पष्ट पार्नुभएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठसहित जिल्ला कार्यसमिति पदाधिकारीहरुको सहभागिता रहेको थियो ।







