देशकै ठूलो औधोगिक क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिँदै

सम्झना घिमिरे / देशकै ठूलो २३२ विगाहा क्षेत्रमा फैलिएको हेटौंडा औधोगिक क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्ने कार्य सुरु भएको छ ।
हेटौंडा औधोगिक क्षेत्रको हाताभित्र हुने विविध गतिबिधी निरिक्षण तथा निगरानी गर्ने उदेश्यले हेटौंडा औधोगिक व्यवस्थापन कार्यालयले औधोगिक क्षेत्रको मुख्य गेट, पुर्वी गेट तथा व्यवस्थापन कार्यालयको गेटमा ३ वटा सिसि क्यामरा जडान गरेर सु्रक्षात्मक कार्य अघि सारेको हो ।
करीव ५५ बर्ष अघि स्थापित औधोगिक क्षेत्रमा करिव ३ महिना अघि मात्र वालाजु औधोगिक व्यस्थापन कार्यालयबाट सरुवा भइ आउनुभएका हेटौंडा औधोगिक व्यवस्थापन कार्यालयका कायम मुकायम क्षेत्र व्यवस्थापक राजेन्द्र प्रसाद कंडेल भन्नुहुन्छ– "औधोगिक क्षेत्रको हाता भित्र हुने र हुनसक्ने अपराधजन्य क्रियाकलापमा निगरानी तथा नियन्त्रण गर्न, सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न सिसि क्याम्रा जडान कार्य सुरु गरेको हो ।"
साथै तत्काल ३ वटा थप सिसि क्यामरा यस आर्थिक बर्षमा राख्ने र सुरक्षा निकायलाइ समेत आवस्यक स्थानमा व्यवस्था मिलाउने क्षेत्र व्यवस्थापक कंडेलको भनाइ रहेको छ ।
मकवानपुरको पुर्वि क्षेत्रको आवतजावत गर्ने सडकखण्ठ समेत उक्त क्षेत्रमा पर्ने हँुदा सुरक्षात्मक कार्य अति आवस्यक भएको र आगामी बर्ष भित्रनै औधोगीक क्षेत्रको हरेक आवस्यक स्थानमा सिसि क्यामरा जडान गर्ने हेटौंडा औधोगिक व्यवस्थापन कार्यालयको योजना रहेको छ ।







