ज्वाला रिहा भए लग्गतै अदालत परिसरबाटै पुनः पक्राउ

नेक्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा मकवानपुर इञ्चार्ज बीरबहादुर घलान ज्वाला रिहा भए लगतै अदालत परिसरबाटै पुनः पक्राउ परेका छन् ।
जिल्ला अदालत मकवानपुर र जिल्ला प्रशासन कार्यालयमा तोकिएको धरौटी बुझाएर बाहिर निस्कनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो । धरौटी तथा जरिवाना बापतको ६० हजार रुपैया बुझाएर अदालत परिसरबाट निस्कदै गर्दा उनी पुनः पक्राउ परेका हुन् ।
गत चैत २८ गते हेटौँडा ८ कमानेबाट पक्राउ परेका ज्वाला बैशाख २ गते अदालतको आदेस अनुसार धरौटी रकम तिर्न नसकेपछि भिमफेदी कारागार चलान भएका थिए ।
ज्वालाको तर्फबाट अधिवक्ता केशवप्रसाद गौतमले मुद्धा लडेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सागरविक्रम राणाले ज्वालामाथी अर्को मुद्धा भएकाले उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।







