सुचना प्रबिधिलाइ नियमन गर्न बनेको बिधेयक माथि हेटौडामा अन्तरक्रिया

छहारी संवाददाता
बैशाख १५, २०७६

नेपालको सुचना प्रबिधिलाइ नियमन गर्नका लागी बनेको बिधेयक लाइ अझै स्पष्ट बनाउन पर्नेमा हेटौडाका नागरीक अगुवाहरुले जोड दिएका छन । 

आज हेटौडामा भएको सुचना प्रबिधिको सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयकमा प्रदेस स्तरका सरोकारवालाहरु संगको अन्र्तक्र्रीया का सहभागीहरुले यस्तो बताएका हुन । अन्तरक्रियाका सहभागीहरुले बिधेयकमा भएका शब्दहरु स्पष्ट अर्थ नदिने बताउदै बिधेयकमा सर्बसाधारणले बुझ्ने भाषा आबश्यकता औल्यायका छन ।   

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा बिकास तथा प्रबिधि समिति संयोजक कल्याणी कुमारी खड्काले निमार्णधिन बिधेयकले सामाजिक संन्जाल तथा सुचना प्रबिधि प्रयोग कर्तालाइ अनाबश्यक झन्झट दिने भ्रम फैलिएको बताउदै सुचना प्रबिधिको प्रयोगलाइ ब्यबस्थीत र मर्यादित बनाउने उदेश्य राखेको स्पष्ट पार्नु भयो ।

यस्तै कार्यक्रममा पुर्ब श्रम मन्त्री तथा बरिष्ठ अधिबत्ता रमेश लेखकले यो बिधेयक सुचना प्रबिधि सेवा प्रदायक तथा सरकारी निकायहरुलाइ नियन्त्रीत तथा ब्यबस्थीत बनाउन महत्वपुर्ण रहनेमा बिश्वास ब्यक्त गर्नु भयो । 

बिधेयकमा सामाजीक सन्जाल दर्ता,बिद्युतिय हस्ताक्षर,सुचना प्रबिधि अदालत,राष्ट्रीय सुचना प्रबिधि केन्द्र लगायतका प्राबधान रहेका छन । नेपाल कानुन समाजको आयोजनामा भएको कार्यक्रममा प्रतिनिधि सभाका सांसद बिना कुमारी श्रेष्ठ,बिकास तथा प्रबिधि समितिका सचिब बंसि राज पौडेल, नेपाल कानुन समाजका प्रसासन अधिकृत गणेशमान प्रधान, नेपाल कानुन समाजका अधिबक्ता रघुनाथ खराल लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा प्रदेस सभा सांसद हरु मुनु सिग्देल,प्रेम बहादुर पुलामी, रिना गुरुङ,भाबना सुबेदि,बेनि माया घले लगायत कानुन ब्यबसायी तथा प्राध्यापकहरु को सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*