२०७२ को भुकम्पले नेपालीलाई नमिठो घाउ दिएको स्मरणः जिसस मकवानपुरका प्रमुख खुलाल

छहारी संवाददाता
बैशाख १३, २०७६

जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलालले २०७२ सालमा गएको भुकम्पले नेपालीलाई नमिठो घाउ दिएको स्मरण गर्नु भएको छ ।

जिल्ला कार्यान्वयव इकाई मकवानपुरले आज आयोजना गरेको चौथो गोरखा भुकम्प स्मृती कार्यक्रममा प्रमुख खुलालले भुकम्प पिडितको घाउ मेटाउन पुनर्निमाणमा खटिएका इन्जिनियर, प्राविधिकहरुले इमान्दारी र सक्रिय भएर लाग्न आग्रह गर्नु भएको छ । साथै समय मै कार्य सम्पन्न गर्न निर्देशन दिनुभयो ।

मकवानपुर जिल्लामा पहिचान भएका प्रवलीकरण लाभग्राही संख्या १ हजार २ सय ६८ जना रहेकोमा सम्झौता गरेका कामग्राही भने ६ हजार २ सय ६२ जना मात्र रहेको तथ्याङकले देखाएको छ ।

जिल्लाको कुल सर्वेक्षण ९० हजार ९ सय ९४ रहेकोमा पूर्ण क्षति भएका लाभग्राही ३४ हजार २ सय ९९ रहेकोमा निर्माण सम्पन्न घरधुरी ११ हजार ६ सय ८५ रहेको छ ।

यस्तै जग्गा खरिदको लागि निवेदन दिएका भुमिहिन लाभग्राही १ हजार ६ सय २५ जना मध्य जग्गा खरिदको लागि स्विकृत प्राप्त भुमिहिन लाभग्राही भने जम्मा १ सय ३८ जना रहेका छन् । विद्यालयहरु मकवानपुर जिल्लाका विभिन्न स्थानमा गरी १८ सय ७२ कक्षा कोठा पूर्ण क्षति भएकोमा १२ सय ४६ पुनर्निमाण भइसकेका र ६ सय २६ कक्षा कोठा निर्माण कार्य हुँदै गरेको छ ।

मकवानपुरमा मात्र ८ अर्ब ९ करोड ६८ लाख ८० हजार रुपैयाँ खर्च
मकवानपुरमा मात्र पुन निर्माणको क्षेत्रमा ८ अर्ब ९ करोड ६८ लाख ८० हजार रुपैयाँ खर्च भएको छ । सबै भन्दा बडी निजि आवास निर्माणको क्षेत्रमा खर्च गरिएको छ ।

निजि आवासका लागि अनुदान बितरणबाट ५ अर्ब ७० करोड ५० हजार रुपैयाँ खर्च भएको छ । ठुलो रकम खर्च भएपनि भूकम्पले ढलेका घर निर्माणमा भने त्यती प्रगती भएको छैन । पुननिर्माण अन्तरगत बिद्यालय निर्माणको क्षेत्रमा भने २ अर्ब २९ करोड ८४ लाख ८० हजार रुपैयाँ खर्च भएको छ ।

त्यसैगरी भवनबाट घरेलु तथा साना उद्योग कार्यालय निर्माणमा २ करोड २१ लाख रुपैयाँ खर्च गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई मकवानपुरका इन्जिनियर ललित कुमार चौधरीले बताउनुभयो ।

यसैगरी पुननिर्माण अन्तरगतनै सडक निर्माणको क्षेत्रमा पनि ६ करोड ६५ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।

कार्यक्रममा निर्माण सम्पन भएका १२ ओटा विद्यालय निर्माण सम्पन्न प्रमाणपत्र वितरण गरिएको थियो भने निजि आवास तर्फ तेस्रो किस्ता वितरणमा अधिकतम प्रगती हासिल गर्न सफल मनहरी वडा नम्बर ३, थाहा नगरपालिका वडा नम्बर ७ र हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्षलाई प्रसंसा पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा जिल्ला आयोजना कार्यान्वय इकाईका निमित्त प्रमुख ललित कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनी, भवन प्राविधक रविन पाठक लगायतको उपस्थिती रहेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*