बर्जर पेन्ट्स प्रा लीका श्रमिकहरूले गरे उत्पादन बन्द

सम्झना घिमिरे / सामुहिक सौदाबाजिमा भयको सहमति कार्यान्वयन नगरेको भन्दै बर्जर पेन्ट्स प्रा लीका श्रमिकहरूले आजदेखि उत्पादन बन्द गरेका छन् ।
आवास निर्माण तथा मर्मतको लागि २४ जना श्रमिकहरूले प्रति व्यक्ति १० लाख श्रपैया माग गरेकोमा कम्पनीले २०७५ मंसिर मसान्तसम्म माग संबोधन गर्ने सहमति गरेको भए पनि अहिले कार्यान्वयन नगरेको भन्दै आजदेखि उत्पादन बन्द गरेका हुन् ।
माग पुरा गर्ने समय नाघिसकेपछि पनि कम्पनीसंग श्रमिकले पटकपटक वार्ता गरेको तर उक्त सहमति प्रति कम्पनीले वेवास्ता गरेकोले उत्पादन बन्द गर्नु परेको अखिल ट्रेड युनियन महासंघका जिल्ला सदस्य दिपक लामा बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ– श्रम तथा रोजगार कार्यालयको आदेश समेत कम्पनिले वास्ता नगरेको हुदा उत्पादन कार्य बन्द गरेका हौ ।
उक्त कम्पनि इकाई कमिटिका अध्यक्ष उद्दब प्रसाद सापकोटा मार्फत एक हप्ता अघि माग प्रति ध्यानाकर्षण गर्न कम्पनि व्यवस्थापनमा एक हप्ते अल्टिमेटम दिएको थिए तर उक्त अल्टिमेटम प्रति पनि वेवास्ता गरेकोले श्रमिकहरूले अन्य काम बाहेकका उत्पादन कार्य बन्द गरेको बताएका छन् ।







